हेटौंडा । अन्र्तराष्ट्रिय नार्कोनन दक्षिण एसिया प्रमुख वसन्त राज कुँवरले पुर्वपश्चिम राजमार्ग संग जोडिएका स्थानहरुमा लागु औषधको प्रयोग बढी भईरहेको बताएका छन । आज हेटौंडामा अनिरुद्र खबर संग कुराकानी गर्दै उनले हाइवे संग जोडिएका स्थानमा लागुऔषधको प्रयोग बढेको प्रति चिन्ता व्यक्त गरेका हुन ।
बार्षिक नेपालमा ७ लाख लागुऔषध प्रयोगकर्ता रहेको बताउँदै उनले पछिल्लो समय लागुऔषध प्रयोगकर्ता र बिक्रीकर्ताको तादात बढ्दै गएको बताए । उनले समाजमा लागु औषध प्रयोगकर्ता बढेको बताउँदै सरकारी क्षेत्रबाट पनि यसलाई रोक्न खासै पहल नभएको आरोप लगाए । उनले लागु औषध प्रयोग घटाउने अभियान अन्र्तगत ६० वटा स्थानीय तहमा पुगेर यसबारे काम गर्न जनप्रतिनिधिहरुलाई पनि आग्रह गरेको बताए ।
बिद्यालयमा अन्य बिषय जस्तै लागु औषधको बारेमा पनि सचेतना दिन पर्ने बताए । मकवानपुर लागु औषधको लागि खतराको क्षेत्र भएको बताए । उनले हरेक बर्ष प्रयोगकर्ता बढेको बताए । लागु औषध प्रयोग रोक्ने संस्था नभएको उनको गुनासो छ । हरेक बर्ष ७७ हजार नयाँ लागुऔषध प्रयोगकर्ता थपिएको उनले जानकारी दिए ।
छोराछोरी दुर्व्यसनी भएको कसरी थाहा पाउने ?
आफ्ना छोराछोरी लागुऔषध दुव्र्यसनमा फँसेको कसरी थाहा पाउने ? पुर्व एसएसपी वसन्त राज कुंवरका अनुसार छोराछोरी एक्लै बस्छन्, समयमा खाँदैनन्, टोलाइरहने गर्छन् र अरु अस्वभाविक व्यवहार गर्छन् भने उनीहरु लागुऔषध दुर्व्यसनमा फसेको हुन सक्छन् । त्यस्तै आवश्यकभन्दा बढी पैसा माग्ने, लामो समय शौचालयमा बिताउने, एकान्तमा बस्न खोज्ने अथवा आफनो कोठामा अभिभावकलाई जान नदिने जस्ता व्यवहार देखाए भने पनि सचेत हुनु पर्ने एसएसपी कुंवरको सुझाव छ ।












प्रतिक्रिया दिनुहोस्