लैजान्छु मेरो घर मैले सोचेकै छैन ।
लेखौलि पौडेल थर मैले सोचेकै छैन ।

गफ दिए जस्तो सहज छैन जिबन,
होला र सगैँ सफर मैले सोचेकै छैन

चाहाना हुकुमको एक्का पत्ति तान्ने,
तिमी मै छ यो नजर मैले सोचेकै छैन ।

हर समय नदिको साथ भए जस्तो,
हुन सक्छौ र बगर मैले सोचेकै छैन ।

जोडौँ घरबार भन्ने तिम्रो प्रस्ताबको,
पाउँछौ शुभ खबर मैले सोचेको छैन ।