हेटौँडा। ५४औँ विश्व वातावरण दिवसको अवसरमा हेटौँडा–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा भानु माध्यमिक विद्यालयकी श्रद्धा ल्वागुन प्रथम भएकी छिन् ।
“वन डढेलो नियन्त्रणमा सामुदायिक वन समूहको भूमिका” विषयमा आयोजित सामुदायिक तथा संस्थागत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने मगर द्वितीय तथा भूटनदेवी माध्यमिक विद्यालयकी शारिका सुवेदी तृतीय भएको समूहले जनाएको छ।
प्रतियोगितामा विभिन्न ६ वटा विद्यालयका ११ जना विद्यार्थीको सहभागिता रहेको थियो।
हेटौँडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता तथा वन समूहका उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतियोगितामा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाईं, शिक्षाविद् रमेशप्रसाद लामिछाने तथा वन समूहका लेखा संयोजक राजकुमार फुयालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
समूहकी सचिव अमुना सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समूहका सल्लाहकार विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम, वन समूहका पदाधिकारी, कर्मचारी, उपभोक्तालगायतको सहभागिता रहेको थियो।
यस वर्षको विश्व वातावरण दिवसको नारा “प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, भविष्यको सुनिश्चितता” रहेको छ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्