काठमाडौं । माई खोला हाइड्रोपावरले आज बैशाख ८ गते शुक्रबारदेखि १२ गते मंगलबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४ सय ११ कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।
कूल निष्काशन १५ लाख २९ हजार ४ सय ११ कित्ता शेयरमध्ये ७६ हजार ४ सय ७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५ सय ८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको शेयर एक लाख २६ हजार ९ सय ४० जनाले १०१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।
कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस्