हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३६ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चंद्रवशीले वन संरक्षणसंगै सम्बर्धनमा सबै अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले प्रगति प्रतिवेदन, उपाध्यक्ष उमेश अधिकारीले अर्थीक प्रतिवेदन, लेखा समिति संयोजक गोपाल चन्द्र भट्टराईले आर्थिक बर्ष २०८१–८२ को लागि १ करोड ६० लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा १७ का वडा सदस्य नवराज न्यौपाने, फेकोफन केन्द्रीय सदस्य खडानन्द चौलागाई, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, मनकामना दुग्ध उत्पादन सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, वरिष्ठ अधिवक्ता धन प्रसाद गौतम, कामधेनु सहकारी संस्था लिमिटेडका अध्यक्ष उदय विडारी, सामुदायिक वन उपभोक्ता समूह मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समूहका ९ जना जेष्ठ उपभोक्तालाई दोसल्ला ओढाई र समूहमा आवद्ध उपभोक्ता अन्तर्गत गत वर्षको एसइइमा सफल भएका जनालाई नगद र प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यसैगरी साधारणसभामा वन समूहका पूर्व अध्यक्ष चेतनाथ चौलागाईलाई पनि दोसल्ला, प्रशंसापत्रले सम्मान गरिएको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्