काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आयोजना प्रभावितहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ।

प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ निष्काशन गर्न लागिएको हो ।

उक्त आईपीओका लागि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ (साविककको सार्दिखोला गाविस, घाचोक गाविस, गाहाचोक गाविस र धिताल गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

आईपीओका लागि छिटोमा असार १५ गते र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।