हेटौंडा । पिपुल्स हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कात्तिक २५ गते देखि २९ गतेसम्म आईपीओ भर्न पाईनेछ ।

यसअघि आयोजना प्रभावितहरुका लागि आईपीओ निष्काशन गर्दा बिक्री नभएको ८ लाख ६ हजार ३ सय ९० कित्तासमेत गरी ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्काशन गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि, २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ ५ लाख १५ हजार ७ सय ८८ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ भने सोही जिल्लामै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन अनुमतिपत्र माग गरेको जनाएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्ङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।