यहाँ
संस्कार उस्तै छ
प्रवृत्ति उस्तै छ
कुण्ठा उस्तै छ
मानसिकता सधैँ उस्तै छ ।
लोभ लालच,
स्वार्थ लिप्सा उस्तै छ
दुराचार झनै बढ्दै छ ।
अराजक र
भ्रष्टाचार सधैँ उस्तै छ

न दूर दृष्टि छ
न दूरदर्शी छ
न कुनै पारदर्शी छ
न कुनै दर्शन छ
न कुनै आदर्श छ
न विचार छ न सिद्धान्त छ
मात्र भाषण छ
आश्वासन छ
भ्रष्ट प्रशासन छ ।

लुट तन्त्र मौलाएकै छ
भ्रष्ट तन्त्र फैलिएकै छ
झुट तन्त्र चलेकै छ
गुट तन्त्र बनेकै छ
धामी झाँक्री नेताका
मन्त्र सधैं उस्तै छ
न कसैमा
अलिकति इमान छ
न नैतिकता छ न निष्ठा छ
न कसैको डर छ
न यहाँ कसैको भर छ ।
जाल, झेल ,षड्यन्त्र
यो राजनीतिको
जोड घटाउ सधैँ उस्तै छ ।
यहाँ लोकतन्त्र यस्तै छ ।

स्वाँठहरू तिनै हुन्
धूर्तहरू तिनै हुन्
कुटिल तिनै हुन्
लोभी पापी
भष्मासुर तिनै हुन्
कठपुतली सरकार उस्तै छ ।

मात्र फेरिन्छ पात्र
चरित्र तिनै हुन्
हामी केवल तमासे हौँ
यहाँ रमिता सधैँ उस्तै छ !!

किशन पौडेल, हेटौंडा -४
थप जानकारी