हेटौंडा । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज सम्भव शिरोहियासँग लगनगाँठो कसेकी हुन् ।
उनीहरुको विवाह समारोह होटल हायातमा चलिरहेको छ । उनीहरुको विवाहको तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी श्रृंखला निकै आकर्षक देखिएकी छन् ।
श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन्। सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा पनि श्रृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन्। उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन्।


















प्रतिक्रिया दिनुहोस्