हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका दिपेन्द्र अधिकारी विजयी भएका छन ।
७ सय ६२ मत ल्याएर अधिकारी विजयी भएका थिए । उनका प्रतिद्धन्दी कांग्रेसका योगेन्द्र अर्यालले ५ सय ७३ मत प्राप्त गरेका थिए ।
त्यस्तै, नेकपा एमालेका किशोर बर्तौलाको ५ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १५ मत र राप्रपाले ४३ मत प्राप्त गरेका थिए ।

हाल सम्म मनहरी गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका शिव प्रसाद खनाल, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका राजकुमार पाख्रिन, वडा नम्बर ३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रको प्रकाश थापा बिजयी भईसकेका छन ।