हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२, खोरभञ्ज्याङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी गाउँपालिका–२, अदुवाखर्क बस्ने अन्दाजी २८ वर्षीय चन्द्र योन्जन रहेका छन् । प्रहरीका अनुसार शिवम् सिमेन्ट फ्याक्ट्रीको चक्ति ढुङ्गा खानीमा प्याक्ट्रीबाट ढुङ्गा लोड गर्न जाँदै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ८००/९०० मिटर तल खोल्सामा खसेको थियो ।