File photo
File photo

हेटौंडा । थाहा नगरपालिकास्थित बज्रबाराहीमा आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

थाहा–१ स्थित कुन्छालमा रहेको २६ वर्षीय दीपेन्द्र गोपालीको चारकोठो कच्चीघरमा विजुली सर्टहुँदा आगलागी भएको हो । प्रहरी अस्थायी पोष्ट बज्रबाराहीबाट खटिएको प्रहरी टोली र स्थानीय आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट घर र घरमा रहेका सामानहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।