हेटौंडा । हेटौंडाकै पुरानो सामुदायिक विद्यालय भूटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) को शैक्षिकस्तर गुणस्तरीय बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन । हेटौंडा–४ भूटनदेवी माविको हलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले जिल्लाकै पुरानो सामुदायिक बिद्यालयको शैक्षिकस्तर पूर्णरुपमा सुधार गर्न सुझाव दिएका हुन । बिद्यालयको शैक्षिक स्तर सुधार गर्न विद्यार्थी, शिक्षक, अभिभावक, प्रअ, विद्यालय व्यवस्थापन समिति सबैले आ–आफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

शैक्षिक बर्ष २०८० सालको वार्षिक कार्ययोजना, शैक्षिक सुधार, सुझाव संकलन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सहकार्य, समन्वय, छलफल र अन्तरक्रियाको माध्यमबाट बिद्यालयको समस्या हलगर्दै विद्यार्थी र विद्यालयको अवस्था परिवर्तन हुनेगरि काम गर्नुपर्नेमा जोड दिएका छन । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्यालय प्रध्यानाध्यापक माधव प्रसाद दाहालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा १० का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे तामाङ्ग, गोविन्द दाहाल, जगन्नाथ पाण्डे, कृष्ण कँडेल, लक्ष्मी अधिकारी, बालकृष्ण दाहाल, प्रदिप कोइराला लगायतकाको सहभागिता रहेको थियो ।