हेटौँडा । हेटौँडा–४ स्थित कपुर कम्प्लेक्सका सञ्चालक कपुर चन्द ठकुरीको सोमबार राती १० बजे काठमाडौँमा निधन भएको छ । उनको ८९ वर्षको उमेरमा निधन भएको हो । 

स्व. कपुर चन्द ठकुरीको श्रीमती, तीन छोरा र दुई छोरी छन् । एक महिनादेखि अस्पतालमा भर्ना भई उपचार गराइरहेका ठकुरीको उपचारको क्रममा मृत्यु भएको पारिवारीका स्रोतले जानकारी दिएको छ । उहाँको पार्थिव शरीरलाई आज मङ्गलबार दिउँसो १२ बजे काठमाडौँ स्थित पशुपति मन्दिरमा अन्तिम संस्कार गरिने उनका छोरा दिपेन्द्र चन्द ठकुरीले जानकारी दिए ।

२०३४ सालदेखि हेटौँडामा बसोबास गर्दै आएका ठकुरी परिवारले हेटौँडामा सटरको व्यवसायको सुरुवात गरेको थियो । कपुर चन्द ठकुरीले २०४० सालमा ब्यवसायीक रुपमा सटर बनाउने कार्यको सुरुवात गरेका थिए । उनले कपुर कम्प्लेक्स स्थापना गरेर व्यवसयीक यात्रालाई अगाडि बढाउन योगदान गरेका थिए । पछिल्लो केही समयदेखि स्वास्थ्यमा देखिएको समस्याका कारण ठकुरी परिवार उपचारका लागि हाल काठमाडौँको भैंसे पाटी बस्दै आएको छ ।