हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले एघारौँ गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा उपभोक्तालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । पालिकामा सोमवार आयोजित कार्यक्रममा उत्कृष्ट उपभोक्ता समितिको रुपमा बकैया–१ को कत्लेखोला कल्भट निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायीमा विएण्ड वी कन्ट्रक्सन, करदातामा कुमार रोशन सिचुआन जेभी, गैर सरकारी संस्था तर्फ इथर बेन्जामिन संस्था तथा उत्कृष्ट रोजगारदाता शिवपुरी फ्रेस डेरीलाई सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ बकैया ६ मा रहेको जुइना आधारभूत स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी शान्ति पाख्रिन, ११ नंं वडा कार्यालयका कार्यालय सहयोगी शेरमान गोले, हात्तिसुडे आधारभूत स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक चन्द्र बहादुर भ्लोनलाई नगद पाँच हजार सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै शिक्षा तर्फ उत्कृष्ट शैक्षिक शिक्षण गर्ने बकैया ५ किसान जागरुक सिद्धार्थ प्राविका शिक्षिका सम्झना रुम्बा, कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–७ माटोकोरी आविका प्रअ शिव प्रसाद बोलखे, एसईइ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया –९ बाघ भैरव माविका रमेश कुमार लामालाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।
त्यस्तै सिमात आधारभूत स्वास्थ्य केन्द्रमा निरन्तर विवादरहित सेवा खोप तथा गाउँघर क्लिनिकलाई प्राथमिकतामा राखि कार्यगर्ने विना कुमारी स्याङतान, पशु विकास सेवा तर्फ रामकृष्ण तिमल्सिना, कृषि विकास सेवा तर्फ भावना अधिकारी, प्राविधिक कर्मचारी तर्फ मोहमद मेराज आलम, वडा सचिव तर्फ युवराज ठाडा मगरलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । सर्वोत्कृट कर्मचारी तर्फ सहायक प्रहरी निरिक्षक प्रमोद थापालाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्ता बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायतकाले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका कर्मचारीहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्