काठमाडौँ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २ र ३ गते र वैशाख ६ र ७ गते गरी दुई रणमा सञ्चालन गर्दै आएको छ । निर्धारित समयमा तीहारको लक्ष्मी पूजा परेकोले असोज २० गतेको सचिव स्तरीय बैठकलले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने पहिलो चरणको कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । दोस्रो चरणको कार्यक्रम भने निर्धारित समयमानै हुने उनको भनाइ छ ।
त्यस्तै, सोही समयमा छ महिनाभन्दा माथिका बालबालिकालाई बाल भिटा पोषणयुक्त आहार दिइँदै छ । तोकिएको समयमा घर नजिकैको खोप केन्द्रमा लगेर बालबाकिलालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन उनले आग्रह गरे ।
पाँच वर्ष मुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाउने सरकारको लक्ष्य छ ।












प्रतिक्रिया दिनुहोस्