हेटौँडा । नेपाल अर्बुद रोग निवारण संस्था, मकवानपुर शाखाको आयोजना, हेटौँडा उपमहानगरपालिकाको सहकार्य तथा हिमचुली कृषि सहकारी संस्था लिमिटेड हेटौँडा–१६ को समन्वयमा करेसाबारीमा विषादीरहित बाली उत्पादन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रिय माविको सभाहलमा सम्पन्न कार्यक्रम संस्थाका सभापति माधव अधिकारीको सभापतित्व तथा हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्राविधिक गणेश खड्का र बागमती प्रदेश संयोजक गणेश कोईरालाले कार्यपत्र प्रस्तुत गर्दै विषादीयुक्त तरकारी तथा बालीका कारण मानव स्वास्थ्यमा पर्ने असर र विषादीरहित उत्पादनको महत्वबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा कृष्णप्रसाद पनेरु, डा. भीमप्रसाद तिमल्सिना, कपिला जोशी, लक्ष्मण महत, मानबहादुर लामा, मोहनप्रसाद बस्ताकोटी, राजन दाहाल, कमल खतिवडा तथा रूपक बस्ताकोटीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव जयप्रकाश घिमिरेले गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्