हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यता एवं प्रदेश  कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख अजयविक्रम मानन्धरले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका शाखा प्रमुख प्रकाशसिंह थापाले नीति तर्जुमा प्रक्रिया तथा दृष्टिकोण सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय अनुकुलन योजना लगायतबारे छलफल भएको थियो । कार्यक्रममा स्थानीय र प्रदेश सरकारका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।