हेटौंडा । मकवानपुर जिल्ला अदालत बार एशोसिएसन अध्यक्षमा अप्सरा बस्नेत निर्वाचित भएकी छिन् । ऋषि केबीलाई पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले केबीलाई ३ मतान्तरले पराजित गरेकी थिइन् । २४ जना मतदाता रहेको बारमा बस्नेतले १३ मत प्राप्त गरेर बिजयी भएकी थिइन् भने अध्यक्षका अर्का प्रत्याशी केबीले १० मत प्राप्त गरे ।
त्यस्तैगरि उपाध्यक्षमा जयराम सुबेदी निर्वाचित भए । उनले १४ मत पाए भने उनका प्रतिद्वन्दी बुुद्धिराज ढकालले १० मत पाए । सचिवमा शान्ति माया मुक्तान र कृष्ण प्रसाद छत्कुलीको समान मत पाए । दुबै विच मत बराबर भएपछि पहिलो १ वर्ष छत्कुली र दोस्रो वर्ष मुक्तान सचिव हुने गरि सहमती भएको छ ।
कोषाध्यक्षका लागि अधिवक्ता राधा कृष्ण मैनाली (आरके) ले १३ मत प्राप्त गर्दैे निर्वाचित भएका भने उनका प्रतिद्वन्दी देव प्रसाद ढकालले ११ मत पाए ।
त्यस्तै सदस्य भने सर्वसम्मत चयन भए । सदस्यहरुमा जगननाथ सुबेदी, पंकज अधिकारी र दिपेन्द्र ढकाल रहेका छन् । त्यस्तै केन्द्रिय पार्षद तर्फ अज्मिर केसी र उत्तम कुमार केसी रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्