कतार । कतारको दोहा शहर विश्वकै दोस्रो सुरक्षित शहर तथा राष्ट्रको रूपमा घोषित भएको छ । ग्लोबल क्राईम इन्डेक्स (नम्बिबो) ले विश्वका ४१३ शहरमा गरेको अध्ययन अनुसार कम अपराध हुनेको दर कायम गर्दै सुरक्षित राष्ट्र बनेको हो ।

इन्डेक्सको अध्ययन अनुसार विश्व वरीयतामा ८७.९६ अङ्क दोहाले पाएको हो । कतारको अपराधदर १२.४ अङ्क रहेको छ । प्रथम स्थानमा युएईको दुबई शहर परेको हो । दुबईसँगै ताइपे, क्युवेक सिटी, ज्युरिख, शारजाह, एस्किसेहिर, म्युनिक र ट्रिस्टे सुरक्षित १० शहरमा समावेश छ ।

कतार सन् २०१५ मा नवौं, २०१६ मा सातौं, २०१७, १९, र २० मा पहिलो तथा २०१८ मा दोस्रो सुरक्षित राष्ट्र बनेको थियो ।