Pilgrims gather to take a holy dip at Sangam, the confluence of the Ganges, Yamuna and mythical Saraswati rivers, on the occasion of 'Mauni Amavasya' during the Maha Kumbh Mela festival in Prayagraj on January 29, 2025. A stampede at the world's largest religious gathering killed at least 15 people with many more injured, a doctor at the Kumbh Mela festival in northern India told AFP. (Photo by Niharika KULKARNI / AFP)

भारत । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन्।

‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

उद्धार टोलीले तीर्थयात्रीसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानले भरिएको स्थलबाट पीडितलाई बोकेर लैजाँदै गरेको देखिएको थियो। प्रहरी अधिकारीले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो।

दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए।

बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो। उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप-मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो।

धेरै मानिस कुल्चिए

स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिए ।

तीर्थयात्री मालती पाण्डेले उनी ब्यारिकेड गरिएको पैदल मार्गमा नदीमा नुहाउन जाँदै गर्दा भागदौड सुरु भएको बताए ।

कुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ, जसमा अमृत कलश नियन्त्रणका लागि देवता र दानवबिच युद्ध भएको थियो।

आयोजकहरूले यस वर्षको उत्सवको आकारलाई एक अस्थायी देशसँग तुलना गरेका छन्। फेब्रुअरी २६ को अन्तिम दिनसम्म ४० करोड तीर्थयात्री आउने अनुमान गरिएको छ।

घातक भीड दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष उत्सवस्थल र फराकिलो शिविरतर्फ जाने सडकमा सयौँ क्यामेरा जडान गरेको छ। ती पोल र ड्रोनहरूमा जडित छन्।

निगरानी नेटवर्कलाई एक परिष्कृत कमाण्ड एन्ड कन्ट्रोल सेन्टरमा जोडिएको छ जसले भीडको केही भाग यति सघन भएमा सुरक्षाको खतरा हुनसक्ने सम्बन्धमा कर्मचारीहरूलाई सचेत गराउँछ।

सन् १९५४ मा कुम्भ मेलाको एकै दिन कुल्चिएर वा डुबेर चार सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। यो विश्वव्यापी रूपमा भीड–सम्बन्धित विपत्तिमा सबैभन्दा ठूलो मृत्यु सङ्ख्या मध्ये एक हो।

उत्तरी शहर प्रयागराजमा अन्तिम पटक सन् २०१३ मा आयोजित उत्सवमा अन्य ३६ जनाको कुल्चिएर मृत्यु भएका थियो।

मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन ।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”, उनले एक्समा लेखेका छन, “आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो समवेदना छ। प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहनुभएको छ।

‘मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो।