क्वालालम्पुर । गत हप्तादेखि निरन्तर परेको भारी वर्षाले बोर्नियो टापुको सबाह राज्यमा भूस्खलन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार मङ्गलबार सार्वजनिक भएको छ । हालैका बाढीका कारण राजधानी कोटा किनाबालु वरपरका तल्लो क्षेत्रमा बसोवास गर्ने दुई हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको उद्धार अधिकारीले जनाएका छन् ।

सबैभन्दा भीषण घटना सोमबार भयो । सोमबार राजधानीको बाहिरी क्षेत्रमा रहेको अनौपचारिक बस्तीमा भग्नावशेष ठोक्किँदा चार बालबालिका सहित आठ जनाको ज्यान गएको न्यु स्ट्रेट्स टाइम्सले उल्लेख गरेको छ । सोही दिन कोटा किनाबालुबाट करिब एक सय किलोमिटर पूर्वमा रहेको गानामा अर्को भूस्खलन हुँदा १० वर्षीया बालिकासहित तीन जनाको मृत्यु भयो ।

गत हप्तामा पेनामपाङमा ९७ वर्षीय वृद्धलाई माटोले गाडेको घटनामा ज्यान गएको थियो । लगातार १० दिनदेखि परेको वर्षाले सबाहका तल्लो क्षेत्रमा बाढी ल्याउनुका साथै भूस्खलन, घर र पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको छ । मलेसियाको सबैभन्दा गरिब राज्य मानिने सबाह विशेष गरी नोभेम्बरदेखि मार्चको मनसुनमा नियमितरूपमा बाढीको जोखिममा पर्ने गर्छ ।

मलेसियाका उपप्रधानमन्त्री अहमद जहिद अमिदीले सोमबार राति खोजी तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिणपूर्वी एसियाली देशका विभिन्न प्रतिक्रिया एजेन्सीलाई परिचालन गरेका गरेका छन । सबाह सरकारले विपत्तिका कारण यस वर्षको मलेसिया दिवस समारोह पनि रद्द गरेको छ ।  एजेन्सीकाे सहयाेगमा