काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक विल्डिङ विधिमार्फत पहिलो चरणमा आज मंसिर ६ गतदेखि १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन खुला भएको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ अर्ब रुपियाँको १२।९०३३ प्रतिशतले हुने ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्न अनुमति पाएको छ । त्यसमध्ये २४ लाख कित्ता शेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो ।

बोलकबोलका लागि सुरुमा ५०१ रुपियाँदेखि ७५१.५० रुपियाँसम्म बिक्री मूल्य तोकिएकोमा परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपियाँदेखि ६०१.५० रुपियाँसम्म बिक्री मूल्य सीमा कायम भएको कम्पनीले जानकारी गराएको छ ।

दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।