
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार तीन सय रुपियाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ९० हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार तीन सय रुपियाँले बढ्दै एक लाख ९१ हजार तीन सय रुपियाँ पुगेको हो ।
तथापि आज चाँदीको मूल्य भने यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार १६५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्