हेटौंडा । लामो समयदेखि ओरालो लागेको शेयर बजार आज भने उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४०.६८ अंकले बढेको हो । १.६१ प्रतिशतले बजार बढ्दा परिसूचक २५६८.२५ अंकमा उक्लिएको छ ।

आज २३२ कम्पनीका ४५ लाख २ हजा ५ सय ११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपियाँ बराबरको कारोबार भएको हो । बजार बढेको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २११.४ अंकले बढेको हो ।

नेप्सेका अनुसार आज ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र सामलिङ पावर कम्पनीको शेयर मूल्य क्रमशः १०, ९.९९, ९.९९ र ९.८४ प्रतिशतले बढेको हो । त्यस्तै एनसीसी डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी २ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड २७ लाख २३ हजार ४ सय ६.३० रुपियाँ बराबरको शेयर किनबेच भएहो हो ।

साताको पहिलो दिन आइतबार ४१.४३ अंकले बजार घट्दा ४ अर्ब ९८ करोड रुपियाँ, सोमबार ३०.४३ अंकले बजार घट्दा २ अर्ब ५४ करोड रुपियाँ र हिजो मंगलबार १४.२६ अंकले बजार घट्दा १ अर्ब ७५ करोड ६ लाख २८ हजार १ सय ९९ रुपियाँ बराबरको कारोबार भएको थियो ।