काठमाडौँ । बलेफी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) बाँडफाँट आज भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ गोलाप्रथाबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट globalimecapital.com र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट balephihydro.com बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नजिता हेर्न सकिन्छ ।

कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।

कूल निष्काशन मध्ये मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर बिक्री गरेको थियो ।

सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।