हेटौंडा । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

शुक्रबार सुन तोलामा ७०० रुपैयाँ घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता तोलामा १० रुपैँया घटेको चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।