हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौंडा उपमहागरपालिकाको आर्थिक सहयोगमा शनिवार देखि बस्तीपुरमा ३ दिने लेखा ब्यवस्थापन तालिम शुरु भएको छ ।

तालिमको उदघाटन गर्दै हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले सबै क्षेत्रमा ब्यवस्थित र पारदर्शी किसिमबाट काम गर्नु पर्ने बताउदै सामुदायिक वन समूहहरुले गरेका कामहरुको ब्यवस्थित ढंगबाट अभिलेखीकरण गर्नु पर्ने बताए ।

सामुदायिक वन उपभोक्ता समूहले गरेका विभिन्न कार्यहरुको पारदर्शी, ब्यवस्थित र संस्थागत ढङगबाट अभिलेखीकरण गर्न सिकाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको महासंघले जनाएको छ । ३ दिन सम्म सञ्चालन हुने तालिममा बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सहजकर्ता सन्ध्या शिवाकोटी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्ने कार्यक्रम छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडा सदस्य रमा गोले लगायतको उपस्थिति रहेको थियो । तालिममा सव डिभिजन वन कार्यालय, बसामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ३५ जनाको सहभागिता रहेको छ ।

भीमसेन पौडेल
थप जानकारी