ओ समय !
आउ ठुलो धक्का दिने गरि
आउ भ्रमको भित्ता भक्तिने गरि
आफैलाइ छोपेर राखेका
आफैलाइ गुमनाम गराउने
आफैलाइ भेट्न नसकिने
शक्तिशाली भ्रम लाई च्यातिदेउ
तिमि लाई भुइचालो भने नि भनुन
तिमि लाई आंधिबेहरी भने नि भनुन
एक मुस्कान आफू संग मुस्काइदियको
कति मुनाफा आउँछ भनी हिसाब खोज्छन्
कति मिनेट साथ दियको ,कति फिर्ता आउँछ?
सम्बन्धको क्यालकुलेटर चलाउछन,
भ्रम नै भ्रमको बिस्कुन फिजाउछन ,
अनि,आफ्नोपनको भ्रमको पिरामिड उभिन्छ ।
जतिसुकै हिडे पनि
पुग्दै नपुगीने त्यो यात्रा
जतिसुकै भेटे पनि
भेट्नै नसकिने त्यो साथ
किन गुजुल्टो पार्नु ?
किन गाठो पारिरहनु?
ओ ! समय
आउ ,बरु तोडिदेउ सारा भ्रमहरु
बरु भत्काइदेउ आसपासका पर्खालहरु
अनि बन्न सकोस्
अनि भन्न मिलोस
अप्पो दिपो भव :
Visited 96 times, 1 visit(s) today
मां प्रेम मिरा
थप जानकारी