Two textured background and blue paper mockup

सम्मान भइ बाँच्ने रहर कसको पो हुन् र
छोराछोरीमा विभेद गर्दा कसको मन रुन्न र रु
घरमा पनि लिङ्ग विभेद तिरस्कार गरिन्छ
यस्तो हिंसा समाजमा बारम्बार गरिन्छ ।।

महिला माथी सबैले नै दबाब राखी रहन्छन्
आपत परे उनैमाथि झुकाब राखी रहन्छन् ।।
छोरीबुहारीमा नै रुखो बोली प्रहार गरिन्छ
के काम कसले गर्ने भनी समाजमा भर परिन्छ।।

स्वतन्त्रतामा बाँचौ न हौ अब जिउँदो लास
आशावादी कदम चालौ नरोक पाइला भै उदास।।
आफ्नो निम्ति आफै लड्नै पर्छ अब
समाजबाट यस्तो हिंसा अन्त्य गर्नैपर्छ अब।।

जन्मिछन् नारी कोखबाट, बिर्सन्छन् ति नारी ममता,
हुन्न ढिला गर्न, देखाउनु पर्छ नारीको क्षमता ।
आड्म्बर कहिल्यै देखाइन्न न नारी छोटो पहिरनमा,
नारीे साडीमा रमाउँछिन्, किन प्रहार हुन्छ अस्मितामा ।।

Visited 110 times, 1 visit(s) today
दीपा परियार (मधु)
थप जानकारी