हेटाैडा । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा २ र ८ नं वडा विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएका छन् । आज भएको दुइवटा खेलमा यी दुई टिमले विजयी हासिल गरेका हुन् ।

पहिलो खेल २ नं वडा र ३ नं वडा बिचमा रहेको थियो । पहिलो खेलमा २ नं वडा र ३ नं वडाबीच बराबरीमा खेल सक्किएपछी खेल पेनाल्टी शुट आउटमा गएको थियो । २ नं वडाका पाँचै जना खेलाडिले गोल गर्न सफल हुँदा ३ नं वडाका एक खेलाडीले भने गोल गर्न सकेनन् । सोही अनुरुप वडा नं २ विजयी भएको थियो ।

यस्तै आजै भएको दोस्रो खेल ४ नं वडा र ८ नं वडा बिचमा रहेको थियो । उक्त खेलमा ४ नं वडालाई १-० गोल अन्तरले पराजित गर्दै ८ नं वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ८ नं वडाले गोल गर्न सफल भएको थियो । सोही गोलनै ८ नं वडाका लागि जित हाशिल गर्न निर्णायक गोल रह्यो । ८ नं वडाका लागि उक्त गोल रुपेस स्याङ्तानले गरेका थिए । यो सँगै दुबै टिम सेमिफाईनलमा प्रवेस गरेको छ । भोलि सेमिफाइनलको पहिलो खेल वडा नं २ र वडा नं ६ बीच रहनेछ भने दोस्रो खेल वडा नं ७ र वडा नं ८ बीच रहनेछ ।

मंसिर ३० गते देखि मनहरी-७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ ।