हेटौंडा । माधबराज सुमार्गी ट्रष्टले मनहरी गाँउपालिका वडा नम्बर १ लाई एम्बुलेन्स सहयोग गरेको छ ।

माधबराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजेयराज सुमार्गीले शान्ति स्वालम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष शिब प्रसाद खनाल, माधबराज सुमार्गी ट्रष्टका संरक्षक बिश्वकान्ति कलावती, व्यवसायी अस्मिता सुमार्गी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, अंकिता सुमार्गी, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, नेपाली काग्रेस मकवानपुरका पुर्ब सभापति माईकल रामचन्द्र अर्याल, नेपाल निर्माण व्यवसायी महासंघका पुर्बअध्यक्ष एवं काग्रेस नेता जयराम लामिछाने, शान्ति स्वबलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिष्णु प्रसाद अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।