हेटौंडा । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपालको प्रथम हेटौंडा उपमहानगरपालिका स्तरीय भेला भएको छ ।

भेलाले सोम प्रसाद चौलागाईंको अध्यक्षतामा १९ सदस्यीय कमिटी सर्वसम्वत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा बिपिन घिमिरे, सचिवमा राजु श्रेष्ठ, सहसचिवमा प्रेमप्रसाद न्यौपाने, कोषाध्यक्षमा ईश्वर सेढाई लगायतका चयन भएका छन ।

कृष्ण घोरासैनीको अध्यक्षता एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।