हेटौँडा । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आयोजना तथा ओम चावहिल डेण्टल हस्पिटल चावहिल र कोटेश्वर शाखा काठमाण्डौंको प्राबिधिक सहयोग थाहा नगरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा एकदिने निःशुल्क दन्त शिविर भएको छ ।

शिविरमा १ सय ७७ जनाको दाँतको बिबिध उपचार गरिएको नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाका कोषाध्यक्ष यादब रायमाझीले बताए । शिविरमा दाँतको परामर्श, सरसफाई, दात निकाल्ने, दाँत भर्ने र निःशुल्क औसधी समेत बितरण गरिएको कोषाध्यक्ष रायमाझीले बताए ।

ओम चावहिल डेण्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले यस क्षेत्रमा नियमित रुपमा दन्त शिविर संचालन गरिने बताए । थाहा नगरपालिकाको सहयोगमा भएको शिबिर संचालनमा फरक सोच, पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, शिखरकोट बजार ब्यवस्थापन समितिको सहकार्यमा शिविर संचालन भएको हो ।

शिविर समापन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सदस्य राज कुमार के.सी., लाईन्स क्लब अफ पिस थाहाका दिपक कार्की, फरक सोचका राजु पोखरेल, पालुङ प्राथमिक स्वास्थ केन्द्रका डा. रोशन अर्याल लगायतको आतिथ्यता रहेकोे थियो ।

शिविरमा थाहा नगरपालिका, कैलाश गाउँपालिका लगायतका दाँंतका बिरामीहरुले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सचिब राजाराम रायमाझीले बताए । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सभापति घनश्याम बस्नेतको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा उपसभापति गीता कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन् ।

कार्यक्रममा उपशाखा सदस्य शकुन्तला गोपालीले धन्यवाद मन्तव्य दिनुभएको कार्यक्रममा सहयोगी संघसंस्था, शिविरमा सेवा दिएका स्वास्थ्यकर्मीलाई सम्मान पत्रले सम्मानित समेत गरिएको थियो ।