हेटाैँडा । मकवानपुर प्रहरीले हेटाैँडाबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१४ मयुरधापबाट लागुऔषध सहित २८ वर्षीय रुपेश ढुङ्गानालाई पक्राउ गरेको हो ।

शनिबार विहान बा.प्र.०२–०२३ प १३७२ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गानालाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट २३३ बोतल लागूऔषध ओनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

लागूऔषध र मोटरसाइकल सहित पक्राउ परेका ढुङ्गानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।