हेटौंडा । हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहमा वृहत बृक्षारोपण गरिएको छ । डाबर नेपाल प्रालिको सहयोगमा बृक्षारोपण गरिएको हो ।

समूहको वन क्षेत्रभित्र कुरिलो, टटेलो, विजयसाल लगायतका विरुवाहरुको बृक्षारोपण गरिएको छ । कुरिलो १ लाख,, टटेलो ३ हजार, विजयसाल ३ हजार वृक्षारोपण गरिएको समूहका अध्यक्ष सूर्य बहादुर घलानले बताए । ।

लोप हुँदै गएका जडीबुटीजन्य विरुवा रोपेर समूहले राम्रो काम गर्नुको साथै स्थानीय उपभोक्ता र समूहलाई प्रयाप्त आयआर्जन हुने सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा डाबर नेपालका एसोसियट मेनेजर विष्णु केसीले कार्यक्रमको बारेमा जानकारी गराउदै रोपिएका विरुवाको संरक्षण गर्नु पर्नेमा जोड दिए । डाबर नेपालले सुर्खेत, नुवाकोट, बारा, पर्सा, मकवानपुर, काभ्रे लगायतका ३४ भन्दा बढी जिल्लामा काम गरिरहेको बताउदै समूहले राम्रो काम गरेमा भविष्यमा समेत सहयोग गर्ने बताए । अघिल्लो बर्ष रोपिएका विरुवाले अब आम्दानी गर्न शुरु गर्ने र यसले स्थानीय उपभोक्ताको आर्थिक स्थितिमा सुधार ल्याउने वहाको भनाई थियो ।

यस अघि डावर नेपालले समूहको क्षेत्रभित्र २ लाख ५५ हजार कुरिलो, अशोकसीता, जामुन, कोइराला लगायतका विरुवाको वृक्षारोपण गरेको थियो । समूहले उत्पादन गर्ने विरुवाको डिभिजन वन कार्यालय, मकवानपुरबाट प्रमाणीकरण समेत भैसकेकाले यसले उत्पादन गर्ने विरुवाको डावर नेपालले प्रचलित बजारमूल्य अनुसार खरिद गर्ने समूहसँग सम्झौता समेत भएको समूहले जनाएको छ ।

समूहका अध्यक्ष सूर्य बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा डावर नेपालका एशोसियट मेनेजर विष्णु केसी, समूहकी सचिव रजनी गौतम, समूहका लेखा संयोजक भानु प्रताप बिडारी, सञ्चारकर्मी भीमसेन पौडेल,समूहका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी