हेटौंडा । बागमती प्रदेश सरकारले पहिलो पटक ११ औं तहमा बढुवा भएका कर्मचारीलाई पदस्थापन गराएको छ ।
प्रदेशमा प्रदेशकै कर्मचारी राख्ने उदेश्यका साथ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार नियुक्ती पत्र दिंदै पदस्थापन गराएका हुन । प्रदेश सरकारले बढुवा गरेको कर्मचारीहरुमा डा.चन्द्र प्रसाद लुइँटेल र पुर्ण बाहादुर दर्जीलाई मुख्यमन्त्री जम्कट्टेलले नियुक्तिपत्र दिएका थिए ।
प्रदेशको सरकारको गत बैशाख ११ गतेको निर्णय अनुसार प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यताक्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनको लागि सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्