हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुरमा कार्यरत शसस्त्र वन सुरक्षा शाखा प्रमुख यादविन्द्र पौड्याल एक लाख रुपैयाँ राशीसहित पुरस्कृत भएका छन । गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारबाट उनी पुरस्कृत भएका हुन । पौडेललाई संघीय सरकारको वन तथा वातावरण मन्त्री डाक्टर बीरेन्द्रप्रसाद महत्तोले नगद रकम सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
वन तथा भूसंरक्षण बिभागले वनको संरक्षण, सम्वद्र्धन, दीगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरेको हो । यो पुरस्कार वन क्षेत्रको ठुलो राशीको पुरस्कार हो । वन संरक्षणमा वन रक्षकहरुलाई उत्साह जगाउने उद्देयले वन तथा भूसंरक्षण बिभागले यो पुरस्कार प्रदान गर्ने गरेको छ ।
सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, विभागका महानिर्देशक शिवकुमार वाग्लेको पनि उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्