हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको बकैया गाउँपालिका वडा नं. १ धियाँलमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ ।

धियाँलको बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मंगलवार दिउँसो घर नजिक रहेको जंगलमा गाईभैंसी चराउन जानुभएकी लोलाई ढुङ्गा माथी बसिरहेको समयमा बसेको ढुङ्गा पल्टिएर थिच्दा मृत्यु भएको हो । घटनास्थल ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट नजिक रहेकोले निजगढ प्रहरी टोली बुधवार बिहान घटनास्थल पुगेको प्रवक्ता कार्कीले बताए ।