हेटौंडा । हेटौंडा अस्पतालको महिला शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।

हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक शिशु कस्ले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडा जनाएको छ ।