हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट पटका र कपडा बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको यात्रुबहाक बसबाट पटका र कपडा बरामद गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ट्याङ्करबाट बिभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) र उनिको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला परेको हो ।