हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा भएको मिनीट्रक दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा रहेका छन् ।

हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ ७ बजे ५६ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्बरको मिनीट्रक ९पानीलोड० आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा लामा र चालक बकैया गाउँपालिका वडा नं७ हर्दा बस्ने २६ बर्षीय युबराज सापकोटा घाइते भएका थिए ।