काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् ।

गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।

सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना दिएको छैन ।