हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ३ जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ स्थित रातोमाटे चेकपोष्टबाट ३ जनालाई पक्राउ गरेको हो ।

हेटौँडाबाट बिरगंजतर्फ जादै गरेको ना ४ ख ५९२२ नंबरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा ९ किलो ९ सय ८० ग्राम गाँजा सहित मनहरी गाउँपालिका वडा नंबर ८ का १९ वर्षीय दिपक मुक्तान, ५० वर्षीय बुद्धिमान मुक्तान र ४० वर्षीय मंगलसिंह थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुलाई १० दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।