हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.१५ सालकपार्कमा मंगलबार बिहान कन्टेनर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनर सहचालक रौतहट चन्द्रपुर नगरपालिका वडा नं.३ बस्ने बर्ष ३० को फटि प्रसाद सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सापकोटाको खुट्टामा चोट लागेको छ । उनको तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा ल्याईएको थियो । त्यहाँबाट काठमाडौंतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौबाट हेटौंडातर्फ आउदै गरेको ना ६ ख ४७२० नम्बरको प्लाष्टिकको सामान लोड भएको कन्टेनर मंगलबार बिहान साडे ६ बजे सडक छेउमा दुर्घटना भएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।