हेटौंडा । हेटौंडा–१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको हो ।

शुक्रबार साँझ साढे ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्री बिकलाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट गम्भीर घाईते भएकी गोपिनीको हेटौंडा अस्पतालमा उपचारको क्रममा ६ बजेर ४६ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले स्कुटर चालक हेटौंडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।