हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ पानीस्वारामा बिजुलीको तार सर्ट भएर आगलागी भएको छ ।
मान बहादुर घलानको एक तल्ले कच्ची घरमा तार सर्ट भएर आगलागी भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
आगलागी हुँदा घर, घर भित्र रहेको भाँडा बर्तन, अन्नपातहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्