हेटौंडा । नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरको अध्यक्षमा बद्री प्रसाद अधिकारी चयन भएका छन । बिहीबार हेटौंडामा भएको आठौं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उसमान वाइवा, सचिवमा विशाल ब्लोन, सह–सचिवमा चिनी माया राना र कोषाध्यक्षमा भीम प्रसाद घिमिरे चयन भएका छन ।

यस्तै, सदस्यहरुमा सालिक राम सापकोटा, इन्द्र लाल थिङ, सविन बास्ताकोटी, राधिका घिमिरे, राज कुमार गोम्बा,आइत सिं थिङ र प्रल्हाद पाख्रिन चयन भए । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।