हेटौंडा । मकवापुरका सञ्चारकर्मी राजकुमार केसी सम्मानित भएका छन ।

बसामाडी जेसीजको जेसीज सप्ताह समापन समारोहमा उनलाई कदरपत्र सहित सम्मानित गरिएको थियो । जेसीजको प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै केसीलाई सम्मान गरिएको कार्यक्रम संयोजक बुद्धराज अर्यालले जानकारी दिए ।

कार्यक्रममा जेसीज सप्ताह कार्यक्रममा उत्कृष्ट भएका प्रतियोगी, कार्यक्रम संयोजकहरु, सहयोगी संघसंस्था र ब्यक्तिहरुलाई समेत पुरस्कार बितरणका साथै सम्मान गरिएको थियो ।