हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले वडा अध्यक्ष कार्कीलाइ नगद पाँच लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको छ ।वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको बताइएको छ । प्रहरी नियन्त्रणमा रहेको समयमा कार्कीले आफुलाइ भु माफियाले फसाउने षड्यन्त्र गरेको बताए ।